प्रसिद्ध अभिनेता कादर खानको निधन

प्रसिद्ध भारतीय अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन।

टाइम्स अफ इन्डियाले उनका छोरा सर्फराजलाई उद्‍धृत गर्दै डिसेम्बर ३१ मा उनको निधन भएको उल्लेख गरेको छ। उनको अन्तिम संस्कार क्यानडामै गरिने समाचारमा जनाइएको छ। उनी चार महिनादेखि क्यानडामा उपचाररत थिए।