बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन

८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए ।कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।

‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।