फेसियल हाउसको११औँ वार्षिकोत्सव काठमाण्डौको वल्र्डट्रेड सेन्टरमा सम्पन्न

फेसियल हाउसको११औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकाल र उपाध्यक्ष उमेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा मङ्गलबार साँझ काठमाण्डौको वल्र्डट्रेड सेन्टरमा कार्यक्रम सम्पन्न भएको  हो।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, मोडल दिक्पाल कार्की, गायक युवराज चौलागाँई लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेकोथियो ।वार्षिकोत्सव कार्यक्रममा गायक टिका बम्जन, उत्तम थापा लगायतले गीत प्रस्तुत गरेका थिए भने टिमइन्टरटेन्मेन्टको नृत्यले सबैलाई मनोरञ्जन दिलाएको थियो।

चर्चित मेकअप आर्टिस्ट चन्द्रगुरुङको टिमको मारुनी नृत्य र फिटनेस सेन्टर जेनएक्सबाट रुक्साना लगायतको प्रस्तुति आकर्षणको केन्द्रविन्दु बनेको थियो

।चर्चित कलाकार निरुखड्का ‘ठ्यासकुमारी’को कमेडी प्रस्तुती दर्शक माझ प्रिय बन्यो।

फेसियल हाउसले आफ्नो कर्मचारीको कामको कदर गर्दै हरेक वर्ष ‘स्टाफ इन करेज्मेन्ट अवार्ड’ पनि प्रदान गर्दै आएको छ।

यस वर्ष पनि फेसियल हाउसको ६ वटा ब्रान्चमा रहेका कर्मचारीमध्य १० जनालाई  ‘स्टाफ इन करेज्मेन्ट अवार्ड’प्रदान गरिएको थियो।

फेसियल हाउसको यस बर्षको कुशल व्यवस्थापकको  अवार्ड सुमन शाहीलाई प्रदान गरिएको थियो भने उत्कृष्ठ कर्मचारीको अवार्ड सोनुकुमार शर्माले पाए।

त्यस्तै अन्य कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई गेस्ट अफ अनरको सम्मान प्रदान गरिएको थियो ।

स्थापनाको छोटो समयमै आफ्नो छुट्टै ब्रान्डको रुपमा चिनिन सफल यस फेसियल हाउसले काठमाण्डौको विभिन्न स्थान लगायत पोखरा र इटहरीमा समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ । सेवाग्राही मात्र नभएर यहाँबाट ब्युटिसियन कोर्स लिएका थुप्रै विद्यार्थीहरु आज आत्मनिर्भर बन्न सफल भएका छन्

।कार्यक्रममा बोल्दै फेसियल हाउसकी सञ्चालक सुष्मामहरा शाहले फेसियल हाउसलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्