कसरी भयो नेहा र हिमांशको ब्रेकअप ? पिडा भुल्न चाहान्छिन् नेहा

केही समय अघि बलिउडकी चर्चित गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको प्रेम सम्बन्धलाई लिएर बलिउडमा निकै चर्चा हुने गर्दथ्यो । यी दुईले आफूबीच रहेको प्रेम सम्बन्धलाई लिएर मिडियामा समेत खुलासा गरेका थिए । उनीहरुले कहिले पनि आफूबीच रहेको सम्बन्ध लुकाएका थिएनन् । यी दुईले आफ्नो सम्बन्धबारे मिडिया सँग खुलेर कुरा गर्दथिए । चलचित्र ‘यारिया’को गीत ‘आज ब्लु हे पानी’ बोलको गीतको रेर्कडिङ मा पहिलो पटक नेहा र हिमांशको  भेट भएको थियो । त्सहीबेला देखिनै हिमांशलाई नेहासँग समय बिताउन मन लाग्न थालेको र बिस्तारै आफूँ नजिकिदै गएको महसुस हुन थालेको उनले धेरै ईन्टरभ्युमा पनि बताएका छन् । हिमांशले आफ्नो फिलिङ्स बारे बताउदै प्रेमप्रस्ताव राख्दा नेहाले पनि खुशी हुदैँ प्रश्ताव स्वीकारेको बताएकी छिन् ।

करिब चारबर्ष सम्म प्रेम सम्बन्धमा रहेका नेहा र हिमांशको प्रेम सम्बन्ध अहिले टुङ्गी सकेको छ । हाल यि दूईको ब्रेकअपको खबरलाई लिएर भारतीय मिडियाले मसला बनाईरहेको छ। यि दुईले एकअर्कालाई सोसल मिडिया अकाउन्टमा समेत अनफलो गरेपछि झन यस बिषयलाई लिएर बलिउड तातिरहेको छ । नेहाले हिमांशसागको इन्स्टाग्राममा भएको तस्विर र भिडियो पनि डिलिट गरेकी छिन् । नेहाले हिमांशले आफुमाथी जहिले पनि शंका गर्ने बताएकी छिन् । यि दुईको सम्बन्ध बिग्रेपछि उनीहरुका फ्यानहरु निराश भएका छन् ।

हाल ‘इन्डियन आइडल’मा जज रहेकी नेहाले आफैले ब्रेकअपको खबरलाई पुष्टी गरेकी छिन् । उनले  ‘इन्डियन आइडल’मा ब्रेकअपको बिषयमा कुरा गरेकी थिइन् । उनले भनेकी  थिइन् –‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ ।’ हाल नेहाले भने अब आफू ब्रेकअपबाट बाहिर आएको आफ्ना फ्यानलाई बताएकी छिन् ।