फेरी रोकियो ‘भारत’को शूटिंग,कारण बने सलमान

पछिल्लो समय अभिनेत्री प्रियंका चोपडाले सलमान खानको ‘भारत’ छोडेको चर्चाले बलिउड निकै तातेको थियो । समाचारका अनुसार प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड निकसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको बताईएको थियो ।

चलचित्र ‘भारत’को दिल्ली र पञ्जाबको शूटिंग सकिएर चलचित्रको सम्पादन कार्य सुरु भइसकेको भारतिय संचारमाध्यमले जनाएको छ । तर निर्देशक अब्बास जफरले शूटिंगको केहि अंश बाँकी रहेको बताएका छन् । उनले खूद बाँकी रहेको शूटिंगको काममा रोक लगाएका छन् । उनले चलचित्रको अन्तिम शेड्यूल न्यू ईयरमा शूट गरिने बताएका छन् ।

निर्देशक अब्बास जफरले शूटिंग रोक्नुको कारण १९६५,डिसेम्बर २७ मा जन्मिएका सलमान खान ठहरिएका छन् । सलमान खानको बर्थडे रहने महिनामा चलचित्र शूटिंग नगर्ने भन्दै उनले आफ्नो ट्विटर मार्फत जानकारी दिएका छन् ।