अन्जु पन्त स्वयंमको अभिनयमा ‘तिमीलाई माया गर्छु’ बजारमा

गीत-संगीत संगै सामाजिक कार्यमा पनि निकै व्यस्त रहेकी लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘तिमीलाई माया गर्छु’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा टेक तामांगको शब्द, अर्जुन पोखरेलको संगीत, फनिद्र राईको एरेन्ज रहेको छ ।

सार्वजनिक म्युजिक भिडियोमा अन्जु पन्त स्वयम फिचर्ड रहेकी छिन भने गीतमा सान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल के. मानन्धरको छायांकन रहेको छ ।