‘मुन्द्रेको कमेडी क्लब’मा ‘सुश्री सम्पत्ती’ टिमको रमाइलो

फिल्म ‘सुश्री सम्पती’ यही शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिएसँगै फिल्म युनिट प्रचार प्रसारमा व्यस्त छ । सुश्री सम्पत्ती युनिट प्रचारको लागि जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा पुग्यो ।

मुन्द्रको कमेडी क्लबमा ‘सुश्री सम्पत्ती’का बिनोद न्यौपाने, सारा सिर्पाइली र सलोन बस्नेत पुगेका थिए । उनीहरुले शोमा निकै रमाइलो गरे । उनीहरुले फिल्मको प्रमोशनको साथै शोमा निकै रमाइलो पनि गरे । फिल्मको गीत ‘हुकुम बक्सियोस्’ बजाएर तीन जनालाई जितु नेपालले स्वागत गरेका थिए । स्वागत सँगसँगै उनले कलाकारहरुको मजाक उडाउन कुनै कसर छोडेनन् ।

पहेंलो लेहेंगा लगाएर मुन्द्रेको शोमा पुगेकी साराको लुगाकै मजाक उडाए । उनले भने ‘मुन्द्रेको कमेडी क्लबमा आउने भने पछि लुगा पनि नयाँ लगाएर आउनु भएछ ।’ सारा नाजवाफ भइन् । साराको मजाक उडाएपछि बिनोदको तर्फ हेरे । मुन्दे्रले बिनोदको दारीको मजाक उडाए । मुन्दे्रले दारी कति मिलाएर काटेको भने । यसको जवाफमा बिनोदले मिलाएर काटेको होइन मिलाएर पालेको भने । दुई जनाको मजाक उडाएपछि सलोन बच्ने कुरै भएन । उनले सलोनको थरकै मजाक बनाए । बस्नेतलाई त बस्नै अनुरोध गर्छु भने । फुलेन्देकी आमा, राजाराम पौडेलले कार्यक्रममा भरपुर मनोरञ्जन दिए । शोकी अध्यक्ष दिपाश्री निरौलो एपिसोड भरी हाँसेको हास्यै भइन् ।