‘केदारनाथ’ बाट सारा अलि खानको सफल डेव्यु

सैफ अली खानको छोरी सारा अली खानले ‘केदारनाथ’ फिल्मबाट बलिउडमा पाइला राखेकी छिन् । पहिलो फिल्मबाट साराले कस्तो प्रतिक्रिया पाउँछिन् भन्ने कौतुहलता थियो । ‘केदारनाथ’ बाट साराले कस्तो पाइन् त प्रतिक्रिया ?

स्टार किड साराले पहिलो फिल्मबाटै दर्शक तथा समिक्षकको मन जित्न सफल भएकी छन् । केदारनाथ मा उनले गरेको अभिनयलाई निकै रुचाइएको छ । उनको अभिनयको प्रशंसा चौतफी भैरहेको छ । स्टार किड बलिउडमा भित्रिने क्रम बढ्दो छ । श्री देवीको छोरी जाहन्वी कपूरले ‘धड्क’बाट फिल्ममा डेब्यु गरेकी थिइन । जाह्नवीको तारिफ केहिहद सम्म भएपनि उनले अभिनयमा थप सुधार ल्याउनु पर्ने सुझाव पाएकी छन् । त्यसैगरी शाहरुख खानको छोरी पनि फिल्ममा डेब्यु गर्ने तयारीमा रहेकी छिन् । उनको अभिनय कस्तो हुन्छ त्यो समयले बताउला ।

‘केदारनाथ’ फिल्मले पहिलो दिन नै बक्स अफिसमा ७.२५ करोड फिल्मले कमाएको छ । पहिलो दिन भन्दा यो फिल्मले दोस्रो दिन झन राम्रो व्यापार गरेको छ । दोस्रो दिन ९.७५ करोड कमाएको छ । फिल्मले दुई दिनमै १७ करोड कमाएको छ । साराको अपोजिटमा नायक सुशान्त सिंह राजपुत प्रस्तुत भएका छन् ।

साराको अर्काे फिल्म ‘सिम्बा’ पनि डिसेम्बर २८ अर्थात पुस १३ गते प्रर्दशन हुदैछ । यो फिल्ममा साराको साथ रणवीर सिंहको मुख्य भुमिका रहेको छ ।