फेरि सँगसँगै अमिताभ र शाहरुख

भारतीय फिल्मी क्षेत्रका दुई हस्ती शाहरुख र अमिताभ बच्चन पुनः एकपटक एकसाथ देखिने भएका छन् । धेरै वटा सुपरहिट फिल्ममा सँगै काम गरेका यी दुई फेरि फिल्म ‘बदला’ देखिने भएका हुन् ।

उक्त फिल्ममा लामो समयदेखि बलिउडमा राज गरिरहेका सुपरस्टार अमिताभ बच्चन र ‘रोमान्स किङ्ग’ शाहरुखसँगै अभिनेत्री तापसी पन्नु पनि मुख्य भूमिकामा देखिनेछिन् ।

सुजोए घोषको निर्देशनमा बन्ने फिल्ममा शाहरुख तापसी पन्नुको पतिको भूमिकामा देखिने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । जसमा अमिताभ बच्चन पुलिसको भूमिकामा देखिनेछन् ।

फिल्म हत्या र रहस्यमा आधारित हुनेछ । यो फिल्म स्पेनिश फिल्म ‘कन्ट्राट्याम्पो’को अफिसियल हिन्दी भर्जन हो ।

फिल्मको छायाकंन शाहरुख खानको ‘जिरो’ को रिलीजपछि सुरु हुनेछ ।