झापाली गायिका कविता शिवाकोटीले पुराना गायक बच्चु कैलाशको गीत यसरी गाइर्न

दमक मोफसलमा रहेर गायन क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल बनेकी कविता शिवाकोटीले पछिल्लो समयमा एउटा पुरानो कभर गीत गाएकीछन् । स्वरमा जस्तै रुपमा पनि जादु भएकी उनले आफै अभिनय गरेर म्यूजिक भिडियो समेत बनाएकीछन् । उक्त गीतमा प्रेममा पर्दाखेरीको अवस्था र त्यसपछि ब्यक्त गरीने प्रेमकहानीलाई गीतमा उतारिएको छ ।

उनले बुधबार सवाल नेपाल अनलाइन तथा युट्युव च्यानलबाट उक्त कभर गीत सार्वजनिक गरेकी छन् । शिवाकोटीले पछिल्लो पटक तिमिले त होइन तिम्रा भाकाहरुले मेरो मुटु छोइसकेछन् भन्ने गीतको कभर स्वर भरेकी हुन् । यसमा शब्द क्षेत्रप्रताप अधिकारीको रहेको छ । यो गीतको अर्जिनल स्वर बच्चु कैलाशको रहेको छ ।