‘विर बिक्रम २’ ‘विर बिक्रम’ को सिक्वेल होईन – चाम्स

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आइको प्रोडक्सनमा ‘विर बिक्रम २’ बन्ने घोषणा गरिएको छ । विहिबार राजधानीमा खुबै तामझामका साथ फिल्मको घोषणा गरियो ।फिल्ममा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी र नाजिर हुसेनको मुख्य भूमिका रहनेछ । यसपटक फिल्ममा अघिल्लो सृंखलाका दयाहाङ राई, अनुपबिक्रम शाही र दीया पुन अटाएका छैनन् । फिल्मको कथा नयाँ भएकोले अघिल्ला कलाकार नअटाइएको निर्देशक चाम्सले जानकारी दिए । कार्यक्रममा बोल्दै चाम्स ले यो ‘विर बिक्रम’ को सिक्वेल नभएको पनि बताए ।

 

फिल्मको छायाँकन कार्तिक २६ देखि सुरु हुँदैछ । सुदिप बरालले खिच्ने फिल्मको लोकेशन भने खुलाइएको छैन । फिल्ममा प्रदीप भारद्वाजको कथा/लेखन, रंजित गजमेर/राजनराज सिवाकोटी/ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन रहेनछ ।

 

चाम्सका अनसार उच्च हिमाली तर भर्जिन लोकशनमा यो चलचित्र खिचिनेछ ।