किन आमालाई रुवाईरहन्छन पशुपति शर्मा ?

पशुपति शर्मा बिनाको नेपाली लोकदोहोरी फाट अब अपुरो नै हुने भएको छ । नेपाली लोक दोहोरी भने पछी नाक खुम्च्याउनेहरु पनि पशुपति शर्माको गित भने पछी कान ठाडो पारेर सुन्ने गर्दछन् । लोक गितका पारखीहरुलाई मात्रै होईन समग्र श्रोतालाई आफ्नो फ्यान बनाउन सक्नु लोक दोहोरी गायक पशुपति शर्माको खुबी मान्नु पर्दछ । तिनै बिकाउ लोक दोहोरी गायक पशुपति शर्माको नाम मात्रै जोडेर धेरैले डलर समेत झारिरहेका छन् ।

 

पशुपति शर्मा मात्रै होईन उनको नाम मात्र जोडीएका जो कोहि पनि डलर उत्पादनका खुराक बन्ने गरेका छन् यो सत्य कसैले पनि नकार्न सक्दैन । त्यो त पशुपतिकै कारण शर्मा परिवार पनि अफ स्कृन सेलीबे्रटी बनिरहेका छन् । उनको परिवारमा श्रीमती ,छोरी र आमाले त फ्यान नै कमाईसकेका छन् । यस पाली मिडियमा पहिलो पटक पशुपतिका दाजु भाउजु , दीदीहरु र बुबा पनि देखिएका छन् । आफ्नो जन्मस्थान पुगेर बालापनका संगिहरु संग रमाउदै गोठ घाँस गरेका भिडियो मिडियामा आईरहदा जो कसैलाई पनि भिडियो अन्त सम्म हेर्न मन लाग्दछ ।

 

हरेक कार्यक्रम र अन्र्तवार्तामा आमा शब्द उच्चारण गर्ने गरेका पशुपति र आमा बिचको ममाता छर्लड.ग देखिन्छ । जुन सन्तानले आमालाई खुसी बनाउँछ , उसको शिरमा सधै भगवानको आशिष रहन्छ भन्ने कुराको पुष्टि पशुपति शर्माको मातृत्व प्रेमले पनि देखाउछ । यति धेरै माया गर्ने आमालाई पशुपति शर्माले बेला बेलामा भने रुवाईरहन्छन । पशुपति शर्माकी आमा छोराकै कारण रोईरहनुहुन्छ । कहिले हर्षका आँशु त कहिले भावनाका आँशु । यस पटकको दशैमा आमा सम्बन्धी गित सुनाएर रुवाए आमालाई ।

 

लुभिना क्रियशनले पशुपति शर्माको घरमै गएर बनाएको यो भिडियो  हेर्नुहोस तपाईलाई पनि मन पर्न सक्छ –