”समुदाय – प्रहरी साझेदारी”मा देखिए कलाकार

हरेक वर्ष कुनै एक नारा लिएर समुदायमा जानेको गरेको नेपाल प्रहरीले यो बर्ष बृहत रुपमा @समुदाय – प्रहरी साझेदारी@ नारा लिएर आएको छ । आज राजधानीमा एक बृहत कार्यक्रमको आयोजना गरेर सो अबधारणा बाहिर ल्याएको हो । उक्त कार्यक्रममा हरेक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो । सार्वजानिक कार्यक्रममा पनि सानले उपस्थित हुने गरेका कलाकारहरु यो कार्यक्रममा भने सामान्य रुपमा देखा परे ।

आफ्नै घरको कार्यक्रम भन्दै सौहार्दरुपमा देखिएका कलाकारहरुले समाजमा व्यप्त कुरीति, कुसंस्कार, अपराध अझ बिशेष गरी पछील्लो समयमा श्रृखंलाबद् रुपमा देखा परेको महिला ता बाल बालिका उपर हुने बिभिन्न अपराधलाई जरै देखी उखेल्नका लागी कटीबद् भएर लाग्न सुझाब दिए ।

उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, गायक प्रेम राजा महत, गायिका अन्जु पन्त कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला,केदार घिमिरे माग्ने बुढा,ऋचा शर्मा लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो ।

सोहि कार्यक्रममा देखिएका ऋचा शर्मा र अन्जु पन्त संग गरिएको कुराकानी –