यी हुन् दिपिका-रणवीरको बिहेमा निम्तो पाउने चार ‘भाग्यमानी

अहिले बलिउडमा चर्चित अभिनेत्रि दिपिका पादुकोण र रणवीर सिंहको बिवाहको कुरालाइ लिएर निकै चर्चा चलिरहेको छ । उनीहरुको बिबाहको मिति समेत सार्वजनिक भइसकेको छ ।अभिनेत्रि दिपिका पादुकोण र अभिनेता रणवीर सिंह आगामी नोभेम्बर १४ मा बिबाह गरी पति(पत्नी बन्दैछन् ।यतिबेला यो जोडीको बलिउडमा निकै प्रशँसा गर्दैआइरहेको छ । दिपिका पादुकोण र रणवीर सिंहको बिवाह कहाँ र कसरी हुनेछ भन्नेमा भारतीय मिडियाको आमचासो छ ।

बिहे कहाँ हुँदैछ भन्ने सस्पेन्स चाहिँ अहिलेसम्म पनि खुल्न सकेको छैन । यद्यपि, बलियो सम्भावना चाहिँ ईटलीको छ ।’इटलिको आलिसान बिला डेल बालडियानेलोमा विवाह हुन सक्ने केही मिडियाले उल्लेख गरेका छन् ।केही मिडियाले जनाएअनुसार प्रमुख वैवाहिक समारोह सानो पारिवारिक जमघटमा गर्ने तयारीमा छन् दिपिका र रणवीर ।उक्त समारोहमा बलिउडका केवल चार जनालाई निम्तो पुगेको छ । ती चारमध्ये तीन जनाको पहिचान भइसकेको छ भने एक जना पत्ता लागेका छैनन् ।

निम्तो कार्ड पाउने ती ‘भाग्यमानी’ हरुमा निर्देशक सञ्जय लिला भन्साली, निर्देशक फराह खान र निर्माता आदित्य चोपडा छन् । भन्साली र फराहले दिपिकाको तर्फबाट र आदित्यले रणवीरको तर्फबाट निम्तो पाएका हुन् । फराहको फिल्मबाट दिपिकाले बलिउडमा डेब्यू गरेकी थिइन् भने भन्सालीका ३ ब्लकबस्टर फिल्मा उनले काम गरिसकेकी छन् । आदित्यलाई भने रणबीरले आफ्नो मेन्टर मान्छन् ।बिहेपछि भने मुम्बई र बैंगलौरमा रिसेस्पसन आयोजना हुनेछ जसमा बलिउडका थुप्रै हस्तिहरु उपस्थित हुनेछन् । यसका लागि निम्तो पठाउने क्रम जारी रहेको छ ।