अल बिदा : बोगटी बा

नेपाली चलचित्र क्षेत्रका एउटा स्तम्भ ढलेको दिन सारा चलचित्र कर्मीले असल अभिभावक गुमाएको यो क्षण सायद जो कसैको पनि मन अमिलो भएको छ । मृदुभाषी सबैका प्यारा कलाकार , समाज सेवी तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको पार्थीब शरिरलाई पनि आज बिदाई गरिएको छ ।

सारा चलचित्रकर्मी,छरछिमेक र आफन्तलाई रुवाएर बिदा भएका बोगटीलाई जो कसैले पनि स्मरण गररहन्छन् । आज अन्तिम श्रदान्जली दिनका लागी धेरै कलाकर्मी पशुपति क्षेत्र पुगे । धेरैका आखाँ टिल्पिलाएका थिए । हुने हार दैव नटार अल्पायुमै स्वर्गबास भएका बोगटीलाई हार्दीक श्रदान्जली ।