जात्राको सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा

काठमाडौं – फागूण १७ गते प्रदर्शन मिति फाइनल भएको चलचित्र ‘जात्रै जात्रा’ निर्माण घोषणा भएको छ। बिहीवार राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण घोषणा गरिएको हो। ३५ दिन भित्रमा छायांकन गरिने यस चलचित्रलाई निर्देशक प्रदिप भटराइले निर्देशन गर्नेछन्।

कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ- हामीले जात्रा भन्दा राम्रो कथा नपाएसम्म यसको सिक्वेल नबनाउने बताएका थियौ । जात्राको भन्दा राम्रो कथा पाएपछि यसको सिक्वेल ब नाउन लागेका हौ । चलचित्रले दर्शकको आशालाई कम हुन दिदैन ।निर्देशक प्रदिप भट्टराईइ- यो चलचित्रले पैसाको मात्र कथा भन्दैन । यसपटक दर्शकले झनै विशेष सरप्राइज चलचित्रमा पाउनुहुनेछ । जात्रा सकिएको ठाउँबाट नै जात्रै जात्राको कथा उठ्नेछ ।

नायक विपिन कार्की- यो चलचित्रको सिक्वेलमा पनि जोडिन पाउँदा उत्साहित छु । कथा यसपटक विशेष छ। त्यस्तै नायिका बर्षा राउतले भनिन,-‘ यसपटक पनि चलचित्रमा विपिनकी श्रीमतीको भूमिकामा देखिदैछु । जात्रा मेरा लागि करिअरको टर्निङ पोइन्ट बनेको थियो । यसले पनि मेरो करिअरलाई नयाँ मोड दिनेछ भन्ने आशा छ ।’ कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कलाकार हरिवंश आचार्यले जात्रै जात्राको सफलताको शुभकामना दिनुभएको थियो ।

डेढ करोड बजेटमा निर्माण हुने यस चलचित्रको छायांकन दशैको पूर्णिमाको भोलिपल्टदेखी गरिने निर्माण टिमले जनाएको छ। निर्देशक भटराइकै लेखन रहने यस चलचित्रमा सिंगे लामा र यादव पौडेलको निर्माण रहने छ भने कार्यकारी निर्मातामा रविन्द्र सिंह बानिया रहने छन्। चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र मित्र डी गुरुङको सम्पादन रहनेछ।

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायत अन्य कलाकारहरुको पनि अभिनय रहनेछ।