कलाकार संघका अध्यक्षको असामयिक निधन

नेपाली चलचित्र संघका अध्यक्ष रामकेशर बोगटीको आज देहान्त भएको छ । आफ्नै टोलमा पुल मर्मतका क्रममा नजिकैको रुख ढाल्ने क्रममा बोगटीको टाउकोमा गम्भिर चोट लागेको थियो ।

घाईते बोगटीलाई बिएण्ड बि अस्पाताल लगिए पनि मृत्युको मुखबाट भने बचेनन् । परिवार श्रोतका अनुसार बोगटीको लासलाई पोष्ट मार्टमका लागी पाटन अस्पताल लगिएको छ ।