‘बादशाह जुट’मा नसुहाएकी प्रियंका

क्या मिलेको जोडी वा मिलेको क्यामेष्ट्री भनेर सामाचार लेख्न नपाएको प्रियंका अभिनित चलचित्र बादशाह जुट हो । आज सार्वजानिक गितले यहि भन्छ । गितमा नसुहाएकी प्रियंकाको जोडी मात्र नमिलेको होईन स्वयम प्रियंका पनि त्यति खुलेकी छैनन् । अर्थात यो गितमा प्रियंका व्युटीफुल देखिएकी छैनन् ।

आमिर गौतम र शुशिल श्रेष्ठ संग कम्मर मर्काएकी प्रियकाको नृत्य चाहि सन्तोषजनक नै छ । तर गित संगितको पाटो भने निकै राम्रो छ । काफल पाक्यो बोलको उक्त गितको अडियो सुन्दा अति आनन्द आउँछ । भिडियो हेर्दा मन प्रफुल्ल हुदैन । आज राजधानिमा पत्रकार सम्मेलन गरिरहदा चलचित्रका दुई हिरोका बिचमा उभिएकी प्रियंका गित गित भित्र सुहाईनन, त्यो भन्दा पनि बढी लाईभमा सुहाईनन् ।

किन कि दौरा सुरवालमा सजिएका दुई नायक आमिर र शुशिलका बिचमा उभिएकी प्रियंकालाई उनको पहिरनले कत्ति पनि शोभा दिएन् । यसलाई पहिरनको कम्बिनेशन नमिलेको प्रतिफल भन्दा फरक नपर्ला । सार्वजानिक गितमा तुलनात्मक रुपमा शुशिल केहि खेले पनी आमिरको नृत्यलाई दर्शकले सहज नमान्न पनी सक्दछन् ।

राजनराज शिवाकोटी र मेलिना राईको स्वरलाई दर्शकले रुचाउने देखिन्छ । जोनी सिंह रानाको कथा तथा निर्देशन रहेको यो चलचित्रमा हर्क बहादुर कुवँर र भोजराज श्रेष्ठले लगानी गरेका छन् ।