दशैमा लमजुड.मा सांस्कृतिक धमका हुदै

सुख दुख मा साथ लमजुङ सेवा समाज भन्ने मुल नाराका साथ लमजुङ घर भर्इ कतार मा कार्यरत लमजुङ्गेहरु को विशुद्ध सामाजिक संस्था लमजुङ सेवा समाज कतार ले लमजुड. बेशिसहरमा दशै फुलपातीको अघिल्लो दीन बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त संस्थाले कतार मा लोक संस्कृती को जगेनार्थ विभिन्न कार्यक्रमहरु को आयोजना गर्ने तथा सामाजिक सेवा मुलक कार्यक्रमहरु पनि आयोजना गर्दै आएको थियो । आफ्नै गृह जिल्लामा आफ्नो कार्य क्षेत्र दायरा बढाउन र लमजुङ मा जन्मिएर राष्ट्रिय स्तर मा परिचित विभिन्न बिधा मा आफ्नो कलाकारिता पेशा लाई अंगालेर अघि बढिरहनु भएका कलाकार हरुका साङ्गितिक प्रस्तुती र स्थापित स्रस्टाहरु का सम्मानार्थ सग संगै चार दशक पुरानो लमजुङ का व्यवसायीहरु को साझा सस्था ‘लमजुङ उद्योग वाणिज्य संघ, लमजुङ’ संग सहकार्य गरी सुरुवाति चरण को रूपमा संयुक्त आयोजना मा विजया दशमी तथा शुभ दिपावली शुभकामना तथा सांगितिक कार्यक्रम गर्न लागेको लमजुङ सेवा समाज कतारका अध्यक्ष बिष्णु लाल श्रेष्ठले बताए ।

यही आउदो असोज २९ गते बेशीशहर को फुलवारी खुल्ला मञ्च मा गरीने भएको हुँदा कतार लगायत अन्य प्रवास बाट दशै तिहार मनाउन स्वदेश जाँदै गर्नु भएका लमजुङ्गे दाजुभाइ तथा दिदिबहिनी हरु मा उक्त कार्यक्रम कार्यक्रमा उपस्थिति जनाइदिनु हुन हार्दिक अनुरोध समेत संस्थाले गरेको उनले बताए । कार्यक्रम ले रमाइलो पाटो लाई मात्रै नसेमेटी आगामी दिन मा प्रवासिएका लमजुङ्गे हरु लाई गृह जिल्ला मा स्थापित गराउने एउटा प्रयास को रूपमा संस्थाले लिएको छ । प्रवास मा सिकेका कलाकारिता संगै अन्य आर्जन गरेका ज्ञान, सीप र रकम आफ्नो गृह जिल्ला को हित मा लगानी गर्न सक्ने वातावरण यस्ता सहकार्य ले अगाडि बढाउने अपेक्षा समेत आयोजकले लिएको छ ।