यो भिडले हलमा कति साथ देला ?

आफै माथी प्रतिस्पर्धा चानचुने कुरा होईन । यसका सबल पक्ष पनि छन् , जो कुनै चलचित्रलाई आफै माथी प्रतिस्प्रर्धा गर्ने चुनौती आउनु भनेको खुसीको कुरा पनि हो । तर यसको बेमाईदा भने यदि स्ट्याण्डर्ड मेन्टन गर्न सकेको खण्डमा दर्शकको नजरमा आकाश पतालको फेरबदल आईदिन्छ ।

पछिल्लो समयमा छक्का पन्जा ३ टिमले यो परिवेशमा आफुलाई जुधाईरहेको छ । घटस्थापनाको दीनमा प्रदर्शनमा आउन लागेको यो चलचित्र प्रति दर्शकको अपेक्षा निकै माथि रहेको छ । अहिले सम्मकै नेपाली चलचित्रको ईतिहासमा सबै भन्दा बढी व्यापार गर्ने चलचित्रमा परेको ब्राण्डले निर्माण गरेको चलचित्र माथी दर्शकले अपेक्षा राख्नु स्वभाबिक पनि हो ।

अब्बल कलाकारहरु र चलचित्रकर्मीको एक झुण्डले निर्माण गरेको यो चलचित्रले दर्शकको अपेक्षा माथी कति न्याय गर्न सक्छ यो छुट्याउनका लागी अब धेरै दिन बाकी छैन् ।

प्रदर्शन मिति नजिकैदै गर्दा बिभिन्न ठाउँमा कन्सर्ट गर्दै हिडिरहेको छक्का पन्जा ३ टिमलाई उक्त कन्सर्ट हेर्न आएका दर्शकको भिडले कतिको साथ दिने हो ? त्यो भोलीका दिनले बताउला ।