‘बुगी उगी’ विजेता कविता नेपालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

बुगी उगी’ विजेता कविता नेपालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँखैमा’ बोलको गीतमा कवितालाईडान्सिङमा सरोज मोक्तानले साथ दिएका छन् ।

बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शान्ति प्रियको शब्द र दीपक शर्माको संगीत रहेकोछ । गीतमा उदयराज पौडेलको एरेन्ज र श्यामश्वेत रसायलीको मिक्सिङ तथा मास्टरिङ छ ।

टेकेन्द्र शाहको निर्देशन, सम्पादन तथाकलर कम्बिनेसन रहेको गीतको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् ।