राजेश हमालले बनाउनेछन करोडपती , कतै तपाईको पनि भाग्य चम्कने त होईन ?

केहि बर्ष अगाडी देखी ईण्डिइन रियालीटी सो कौन बनेगा करोड पति निकै चर्चित बन्दै आईरहेको छ । १ सय ६० वटा देशमा यसकै नामबाट चलेका सो हरुको खासै चर्चा नभए पनि ईण्डियाबाट चलेको भारतीय सुपरस्टार अबिताभ बच्चनले प्रस्तुती दिदै आएको यो कार्यक्रमको चर्चा अलि बढी नै थियो । सोहि कार्यक्रमको सिररिज अब नेपालमा पनि प्रसारण हुने भएको छ । उक्त कार्यकमलाई नेपालका महानायक राजेश हमालले संचालन गर्ने भएका छन् ।

 

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै को बन्छ करोड पतिका सबै सहयोगि संस्थाहरुको नाम लिष्ट पनि सार्वजानिक गरियो । ईण्डियबाट प्रसारण भएको उक्त रियालीटी सोका दर्शकलाई एपि वान टेलिभिजनले कत्तिको तान्न सक्छ त्यो भोलीको कुरा हो तर यसरी बिदेशी सिरिज संग नेपाली च्यानल हरुले प्रतिस्पर्धा गर्नु नेपालीहरुका लागी पनि खुसीको कुरा हो ।

कार्यक्रम अर्को महिनाबाट प्रसारणमा आउनेछ। यो एपी वान टेलिभिजनमा प्रसारण हुनेछ।‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिनेछौं,ु संचालक राजेश हमालले भने।

 

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो। ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।