काल्पनिक कुरामा लुकेको यथार्थ ‘रित्तो काख’

लाखौ परदेशीएका नेपाली युवाको पिडा न कसैले मेट्न सकेको छ , न त कसैले रोक्न नै ।
परदेशीका पिडालाई समेटेर गित संगित पनि निकै बन्ने गरेका छन् । यथार्थ कुरालाई गित संगित मार्फत सम्बन्धित पक्षको ढोका ढकढकाउने काम पनि गरेका छन् ।

 

तर बिडम्बना ढकढकीएको आवाज सुनेपनि कानमा पिउरी कोचेर बस्ने सरोकारबालाको लाचारी पनले नेटो काटी सकेको छ । अशिक्षित युवा मात्रै होईन शिक्षित युवाहरुको बिदेश जाने लर्को पनि निकै बढेको छ ।

आफ्नो श्रम, रगत र पसिना बेचेर सुख किन्ने सपना बोकेर परदेशीएका एक अभागी बाबु आमाको यथार्थ पिडालाई समेटी गायक सुर्य खड्का रित्तो काख लिएर बजारमा आएका छन् ।
सुर्य खड्का,निर्मल क्षेत्री र रिना केसीको आवाज रहेको उक्त मर्म स्पर्शि गीत हेर्ने र सुन्ने जो कसैको पनि आँखा ओभानो हुनै सक्दैन । सुर्य खड्काकै संगित रहेको उक्त गितलाई शिब अखेलीले लेखेका हुन ।

शब्दले बयान गर्न नसकीने उक्त गितको आफैले भिडियो हेर्नुहोला-