अन्तत:घटस्थापनामा छक्का पन्जा ३ , यस्ताे छ ट्रेलर

बहु प्रतिक्षित चलचित्र छक्का पन्जा ३ काे ट्रेलर सार्वजानिक भएकाे छ । यसभन्दा अघि सार्वजानिक भएका गितहरुले बजार तताईरहेकाे बेलामा अाएकाे ट्रेलरले दर्शकमा अझ उल्लाहस थपिने निश्चित छ ।

 

ट्रेलरले छक्का पञ्जा सिरिजको ‘कमेडी प्याटन’लाई निरन्तरता दिएको छ । यसअघि वैदेशिक रोजगारको पीडा झल्काएका दिपकराज गिरी र दीपाश्री निरौलाले यो पटक स्कुलको कथा उठाएका छन् । अंग्रेजी पढ्न नजान्ने पात्र स्कुलमा अंग्रेजी विषय नै पढाउने युवतीको प्रेममा परेपछि उत्पन्न परिवेश फिल्मले बोल्नसक्ने छनक ट्रेलरले दिएको छ ।

दीपकराज गिरी, दीपिका प्रशाई, बुद्दि तामाङ, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, शिवहरी पौडेल , किरण केसी, सारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, विल्सन राई, अनुराग कुँवर जयनन्द लामालगायतका कलाकारको अभिनय छ ।

‘छक्का पन्जा ३’मा दीपकराज गिरीको पटकथा/संवाद, जितु नेपाल, केदार घिमिरे, यमन श्रेष्ठ, दीपकराज गिरीको संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन र रोशन श्रेष्ठको एक्सन छ ।

 

प्रदर्शन मितिलाई लिएर किचलाे परेकाे उक्त चलिचत्र अन्तत दशैकाे घटस्थापनामा रिलिज हुने भएकाे छ ।