ठुला बडालाई खुसि पार्दै प्रियंका ‘कथा काठमाण्डौ’

भल्गर सिनकै कारण दर्शकबाट एक ताका राम्रो गाली पाएको चलचित्र कथा काठमाण्डौको आज ट्रेलर सार्वजानिक भएको छ । सन्चारकर्मी संगिता श्रेष्ठको निर्देशनमा तयार उक्त चलचित्रको ट्रेलरले दर्शकको ताली पाउने हो या गाली पाउने हो त्यो एक दुई दिनमा थाहा होला तर चलचित्र भित्रको कथाबस्तु हेर्ने हो भने युवा पुस्ताको मन पर्ने चलचित्रको रुपमा उभिने आकलन गर्न सकिन्छ ।

 

यो समाचार तयार पार्दा सम्म ट्रेलरको सकारात्मक र नकारात्मक दुबै प्रतिकिृया आईरहेको छ । चलचित्रमा पहिलो खुराक बाहिर निस्कदैमा नायिका प्रियंका कार्कीलाई बोल्ड भुमिकामा देख्न सकिन्थ्यो । ट्रेलर सार्वजानिक संगै नायिका प्रियंका कार्की र प्रमोद अग्रहरीको क्यामेष्ट्री जम्ने भने आकलन गर्न सकिन्छ ।

 

असोज १२ गते पञ्दर्शनमा आउन लागेको यो चलचित्रमा आयुषमान देशराज जोशी,संजोग कोईराला,सन्ध्या केसी लगायतको पनि अभिनय रहेको छ । आहना फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्रमा बिजय राईले लगानी गरेका छन् ।