जासुसी आरोपमा निर्मातालाई छ बर्ष जेल

फिल्म निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । शुक्रबार एक अदालतले उनलाई देशका विरुद्ध जासुस गरेको आरोपमा जेल सजाय सुनाएको हो । गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी ¥यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए ।

 

गत बर्षको जुन महिनादेखि पक्राउ परी थुनामा बसीरहेका थिए । ६ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उनलाई छ वर्षको जेल सजाय सुनाएको हो ।फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई छ वर्षको जेल सजायँ तोकिएको उक्त अदालतले बताएको छ । उनले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर सो आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् ।