श्रीदेवीकीछोरी खुसी संग रोमान्स गर्दै शाहरुखकाछोरा आर्यन !

शाहरुख खानका जेठा छोरा आर्यन र श्रीदेवीकी कान्छी छोरी खुसी एक साथ चलचित्रमा रोमान्स गर्दै देखिने भएका छन्। श्रीदेवीकी जेठी छोरी जाह्नवी यसअघि नै चलचित्र धडकमार्फत बलिउडमा प्रवेश गरिसकेकी छन्।

शाहरुख आआफ्ना छोरा आर्यनलाई तामझामका साथ बलिउड डेब्यु गराउने तयारीमा जुटेका छन्। सुरुवात राम्रो भयो भने अभिनय सफर सहज हुन्छ भन्ने बुझेका शाहरुख छोराको डेब्यु भव्य रूपमा गर्न चाहन्छन्।

किङ खानले करण जोहरलाई निर्देशक बनाएर छोराको डेब्यु गर्दै छन्। वरुण धवन, आलिया भट्ट, सिद्धार्थ मल्होत्रा, जाह्नवी कपुर करणले नै स्टार बनाएका हुन्। आर्यनलाई पनि स्टार बनाउने जिम्मा उनैलाई सुम्पिन लागिएको छ।

खुसी र आर्यन हिरो हिरोइनका रूपमा रोमान्स गर्दै देखिने छन्। करणले खुसीलाई आफ्नो तर्फबाट तयार रहन भनिसकेका छन्। फिल्मको नाम भने सार्वजनिक गरिएको छैन।