लाष्टमा मिडिया रद्दिको टोकरी, कन्सर्टले धान्ला फिल्म ?

चलिचत्र चलाउनका लागि गरिने प्रयोगहरु नेपालमा त्यति व्यबहारिक हुने गरेका छैनन् । देखाउन र तछाड मछाडको मानसिकताले घेरिएको झुण्डको बिचमा ति पब्लिसिटिले पनि खासै उपलिब्धमुलक रेस्पोन्स दिएको हामी कमै मात्रामा पाउछौ । एउटाले जे गर्यो अर्कोले त्यहि गर्ने मानौ कि नयाँ पब्लिसिटि स्टन्ट सोच्न सक्ने दिमाग चलचित्र नगरिमै छैन ।

आजभोलि हरेक शहरमा चलिचत्रका टिम कन्सर्ट गर्ने भन्दै लाखौ खर्चेर पुगेको हुन्छन् , पछिल्लो समय यसको ह्विमनै चलेको छ  । त्यो भन्दा अगाडि कलेज टार्गेट गर्दथे निर्माताहरु तर व्यवसाहिक रुपमा त्यसले खासै उत्तराचढाब नआएकोले होला त्यो पनि बिस्तारै हटेर कन्सर्ट तिर उन्मुख छ चलचित्र क्षेत्र । तर लेखा जोखा गर्ने हो भने त्यसरी लाखौ खर्चेर कन्सर्ट गर्ने निर्माताको कन्सर्टकै कारण व्यवसायिक पाटो खासै उक्सिएको भने पाईएको छैन् । त्यसो त मिडिया को – अर्डिनेटर भनौ वा निर्माता निर्देशकका प्रेस सल्लाहाकारका सल्लाहले पनि बिना उपलब्धि यसरी पैसा बगिरहेको छ भन्दा फरक नपार्ला ।

यदि व्यावसायिक रुपमै लाग्ने निर्माता हो भने हरेक शहरमा घुमेका खर्च बिबरण र उपलब्धि हेर्ने हो भने त्यो निर्माता यसरी लक्षित बर्गलाई मात्र हेरेर लाखौ बगाउदैन, उ ध्यान दिन्छ वास्तविक दर्शकलाई । मान्छेको हुल हेरेर लाखौ बगाउदैन । कुनै त यस्ता फिल्म छन जो पोष्टरको समेत पैसा उठाउने हैसियत राख्दैनन, तिनिहरुले पनि यस्ता किसिमका पब्लिसटि स्टन्टमा पैसाको खोलो बगाएका हुन्छन् ।पछिल्लो समयको एउटा उदाहरण दिन लायक बन्दै गरेको थियो ‘मेरो मामु’ नामक चलचित्र । बाल मनोविज्ञानमा आधारित भनिएको उक्त चलचित्रले स्कुले बालबालिका लाई लक्षित गर्दै आफ्ना वास्तविक दर्शक सम्म पुग्न थालेको थियो , तर पछिल्लो समयमा यो टिमलाई पनि कन्सर्टको भुतले छोडेन । र लाग्यो त्यतै तिर । हिजो सम्म मिडियाको अत्याधिक माया पाएको यो व्यानरले ‘मेरि मामु’ सम्म आईपुग्दा तातो आलु खेल खेलायो ।

जसका कारण कैयन मिडियाहरु चलिचत्रका निर्माता संग रुष्टिएका पनि छन् । हिजो समाचार छाप्नु पर्दा चाहिएका तिनै मिडियालाई आज व्यवसायिक सम्झौताका बेलामा रद्दिको टोकरि बनाईए पछि सिने पत्रकारहरु रुष्टिएका छन् । चलचित्र रिलिजको मुखैमा पुग्दा समेत कन्सर्टमै व्यस्त यो टिमले सिमित मिडियामा मात्र आफ्नो पहुच पुर्याउनाले घाटा सबै भन्दा बढि दर्शकलाई पर्ने देखिन्छ । हिजो देखिनै ब्राण्ड बनेको यो व्यानरको बारेमा चासो धरान,धनगढि ,काठमाण्डौ र पोखराका दर्शकले मात्र राख्दैनन् । त्यसैले काठमाण्डौकै दरवारमार्गमा गरिने कन्सर्टले काठमाण्डौकै मनमैजु र टोखाका दर्शक तान्न सक्दैन भलै कलाली र कन्चनपुर अनि धनगढि र बैतडिका कुरा त परै को कुरो ।

ती ठाउका दर्शकले फिल्मको बारेमा कसरी थाहा पाउने ?  माध्यम अनलाईन ,टि भि , रेडियो र पत्रपत्रिका नै हुन् ।त्यसैले हरेक चलचित्रका निर्मातालाई मेरो अनुरोध लक्षित वर्ग सम्म पुग्ने बाहनामा दुईचार जना होष्टका भरमा सिंगो टिम बोकेर हप्तौ बाहिर बस्दैमा व्यवसाहिक भईदैन , उपलब्धिमुलक ठाउँमा पैसो खन्याउ ताकि अर्को पटक चलचित्र बनाउँदा हजार पटक बैंक एकाउन्ट चेक गर्दै फलानोको भर पर्नु नपरोस ।