मेरी मामु टिम पब्लिसिटीको लागी भ्यालि बाहिर

भदौ १५ गते बाट प्रदर्शनमा आउने चलचित्र मेरी मामु रिलिज मिति नजिकिएसँगै पब्लिसिटिलाई तिब्र रुपमा अघि बढाईरहेको छ । आसुसेन फिल्मस्को चौथो प्रस्तुति रहेको चलचित्र मेरी मामु टिम यतिबेला पब्लिसिटीको लागी भ्यालि बाहिर गएको छ । आसुसेन टिम अहिले स्कुल क्याम्पेनिङमा दौडिरहेको छ ।मेरी मामुकि नायिका अश्लेसा ठकुरी,नायक शारुक ताम्राकार,गायक बादल थापा सँगै बिन्दास टिभिका चिरन्जिवि सापकोटा र दिप खबरका सुदिप पौडेल लगायतको टिम पब्लिसिटि गर्दै यतिबेला दाङ पुगेको छ भने मेरी मामुको अर्काे टिम पुर्बमा पब्लिसिटी गर्दै छ ।


बालमनोविज्ञानमा आधारीत रहेर आमा र छोरा विचको दुरी र सामिप्यताको गहिराई केलाएर तयार पारिएको चलचित्र प्रचार प्रसारको लागि मात्र नभएर आमा र छोराको राम्रो संवन्धको सन्देश दिन बिधालयहरुमा पुगेको यो टोलीले स्कुलमा फिल्मको गीत देखाउदै आएको छ उपस्थित सबैले गीत र आयुबको अभिनयको तारिफ गर्दै आएका छन् । पब्लिसिटिमा रहेको मेरी मामु टिमले चौतर्फी सकारत्मक र राम्रो प्रतिकृया पाईरहेको छ।