आर्यनको अंगालोमा सृष्टि बाँधिदा

सविर श्रेष्ठ निर्देशित फिल्म बाँध मायाले को शिर्ष गीतको हालै छायाँकन गरिएको छ । गीतको सार्वजनिक तस्बिरमा नायक आर्यन अधिकारीको अंगालोमा नायिका सृष्टि श्रेष्ठ बाँधिएकी छन् । तस्बिरमा आर्यन र सृष्ठिको जोडी निकै जमेको देखिन्छ । तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ । अर्जुन पोखरेलले संगीत दिएको गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

कुलेखानी र राजधानीमा पाँच दिन लगाएर फिल्मको गीत खिचिएको निर्देशक श्रेष्ठले जानकारी दिए । गीत संगीत र छायाँकनमा निकै मिहेनत गरेका छौं, निर्देशक श्रेष्ठ भन्छन्, दर्शकले मन पराउनु हुन्छ भन्ने विश्वास छ । अर्को सातातिर गीत रिलिज गरिने उनको भनाई छ । बाँध मायाले असोज ५ मा प्रदर्शन हुँदैछ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्धन्द्ध निर्देशन रोशन श्रेष्ठकोछ । फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ ।