बाँध मायाले टिजर : आर्यन र सृष्टि एक अर्काको मायाँमा बाधिएपछी

आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर फिल्म बाँध मायालेको टिजर रिलिज गरिएको छ । डेढ मिनेट लामो टिजरमा आनर्य र सृष्टिको लोभलाग्दो प्रेम र दुईबिचको द्धन्द्धलाई महसुश गर्न सकिन्छ । लभ स्टोरी फिल्म बाँध मायाले असोज ५ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मबाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् ।

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।
फिल्ममा आर्यन, सृष्टि र किशोरसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । फिल्ममा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल छन् । टिजर रिलिज भएसँगै फिल्मको प्रचार प्रसार सुरु भएको निर्देशक श्रेष्ठ बताउँछन् ।

सबिर श्रेष्ठ निर्देशित फिल्मको टिजर हेर्नुस् :