फिल्म ‘साली कसको भेनाको’ एकै पटक दुई गीत सार्वजनिक

नेपली फिल्म साली कसको भेनाको दुई ओटा गीत सार्वजनिक भएको छ । आज काठमाडौँ र्स्थित पत्रकार सम्मेलन गर्दै फिल्म निर्माण टिमले दुई ओटा गीत सार्वजनिक गरेको हो ।

मुभीडं पिक्चर्सको ब्यानरमा निर्मित फिल्मलाई भद्र भुलेजले निर्देशन गरेका हुन् भने फिल्म पुरानो सुपर हिट फिल्म कान्छी ,सन्तानको माया र कर्जा जस्ता फिल्मका निर्माता प्रसाद श्रेष्ठले प्रस्तुति रहेको छ । फिल्मलाई पुष्प आचार्यले लेखेका हुन् भने प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घयालको सगीत दिर्घ गुरुङको छायांकन ,रबि प्रकाशको दुन्द्व र बसन्त श्रेष्ठ ,गम्भीर बिस्ट र सुमित लामाको निर्त्य निर्देशन र फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् ।

सम-सामायिक विषय वस्तुमा आधारित फिल्ममा ‘साली कसको भेनाको’मा विल्सन बिक्रम राई , बुद्दी तामांग ,रजनी गुरुङ ,मरिश्का पोखेरल ,सुष्मा कार्की ,जयन्द लामा ,कबिता आले रबि गिरि ,विरेन श्रेष्ठ ,प्रिया रिजाल पुष्प आचार्य ,देव सागर र बलबहादुर गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म भदौ २९ गतेबाट देशव्यापी रुपमा प्रर्दशनमा आउदै छ ।