ब्याण्ड बाजासहित ‘बोबी’ को प्रिमियर सम्पन्न

२९ असार शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोबी’ को काठमाडौंमा ग्राण्ड प्रिमियर सम्पन्न गरिएको छ।

प्रिमियरमा ब्याण्ड बाजासहित कलाकारको स्वागत गरिएको थियो। बेबीका मुख्य कलाकार क्याप्टेन विजय लामा, राजेशपायल राई, भद्रगोलका रक्षा श्रेष्ठ, सागर लम्साल, हरिश निरौला ‘कक्रोज’ लगायतका कलाकार तथा पत्रकार प्रिमियर शोमा उपस्थित भएका थिए।

बोबीले प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएको छ। सत्य कथा र वास्तविक पात्रको अभिनय रहेको फिल्म बोबीमा उमेश थापा र कविता गुरुङसँगै उनीहरुका छोरा एलियास थापाको मुख्य अभिनय रहेको छ।

यी दुईको प्रेम, संघर्ष र सफलताको कथा फिल्म बोबीमा हेर्न सकिन्छ। बोबीमा विजय लामा, रुबी राणा शाह, देशभकत खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारले अभिनय गरेका छन्।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ। चलचित्र बोबी २९ असारबाट अल नेपाल एकसाथ रिलिज हुने तयारीमा छ।