करिश्माको अभिनयमा पारु रन्जितको तीज कोशेली बजारमा

गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै गरेकी गायिका पारु रन्जितले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिजको कोशेली स्वरूप नयाँ गीत तिजको लहर अमेरिका सम्म सार्वजनिक भएको छ ।

नायिका करिश्मा मानन्धर अभिनित तिज गीतमा गायिका पारु रंजितको स्वर रहेको उक्त तिज गीतमा शब्द/संगीत बाबुल गिरीको रहेको छ ।

श्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका छन् । भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन् ।