प्रहरी पुगेपछि मिथुन चक्रवर्तीका छोराको बिहे रोकियो

बलिउड अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीको बिहे रोकिएको छ । उनी आफ्नै बिहेका दिन बेहुला बनेर बेहुली लिन जाने तयारी गरिरहेका बेला एक्कासी प्रहरी पुगेपछि बिहे रोकिएको हो । भोजपुरी अभिनेत्रीलाई बलात्कार र त्यसपछि जबरजस्ती गर्भपतन गराएको आरोपमा उनीविरुद्ध मुद्दा परेपछि उनी समस्यामा परेका हुन् ।

शनिबार साँझ महाअक्षयको बिहे दक्षिण भारतीय हिरोइन मदलसा शर्मासँग उटीमा हुने तयारी थियो । तर ठिक समयमा प्रहरी पुगेपछि उनको बिहे रोकिएको हो । बिहेको तयारी भइरहँदा प्रहरी पुगेपछि बेहुलीका परिवार होटल छाडेर घर फर्किएका छन् । निबार नभएको बिहे कहिले हुने भन्ने कुनै निश्चित छैन । मुद्दाका विषयमा महाअक्षयका वकिलले यो लिभ इन रिलेसनशिपको मुद्दा भएको बताएका छन् । अभिनेत्रीका वकिलले यस विषयमा केही प्रतिक्रिया दिएका छैनन् ।