यसपालीको तिजमा लौरी खोज्दै पशुपति शर्मा

मौलिक शब्द चयनको अभाब खड्कीरहेका तिजका गितका भिडमा लोक गायक पशुपति शर्माले त्यो झल्को मेटाउने खालको गित बजारमा ल्याएका छन् ।
टिपिकल शब्द र लयमा सजिएको यो गीतले पक्कै पनि नेपाली दर्शक तथा श्रोताको मन जित्नेछ ।

तिजे गायकको ट्याग पाएका लोकप्रिय सर्जक तथा गायक पशुपति शर्माको लय तथा शव्द सिर्जनामा नयाँ तिज गित लौरी हरायो भर्खर मात्र सार्वजनिक भएको हो ।

यो गितले बास्तविक तिजको भावना मात्र बोकेको छैन गित सुन्न थाले पछि दर्शकलाई अन्त्य सम्म बाँधेर राख्छ ।
गितमा पशुपति शर्मा,सुस्मिता घर्ति,देवी घर्ति र राजु ढकालको आवाज रहेको छ भने लय,शव्द भने पशुपति शर्माको रहेका छ ।

पशुपति शर्मा,राजु ढकालको दमदार अभिनय रहेको सो गितलाई दुर्गा पौडेलले म्युजिक भिडियो निर्देशन गरेका छन ।