सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा

बिगत नौ बर्षदेखि नियमित साप्ताहिक रुपमा प्रकाशन हुदै आएको फिल्मीखवर साप्ताहिकले सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । प्रविशा प्रकाशनद्धारा प्रकाशनहुदै आएको फिल्मीखवर साप्ताहिकले स्व। सविन शाक्यको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो ।३० बर्ष भन्दा बढी बिभिन्न सञ्चार माध्यममा काम गरेका सविन शाक्यले करिब २५ बर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए ।

 

गत बर्ष असार २३ गते शाक्यको निधन भएको थियो । शाक्यको निधन भएको बार्षिकी तथा प्रथम स्मृति दीवसका अवसरमा सम्झना तथा सम्मान स्वरुप पुरस्कारको घोषणा गरिएको फिल्मीखवर साप्ताहिकका प्रकाशक तथा सम्पादक शान्तिप्रियले बताएका छन् । सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार हरेक बर्ष फिल्मीखवरको बार्षिकोत्सवका अवसरमा प्रदान गरिने र अहिलेलाई पुरस्कारको राषि १०,०००।– ९रुपैया दश हजार मात्र० सहित प्रमाणपत्र प्रदान गरीने प्रियले बताएका छन् ।

 

हरेक बर्ष रंग पत्रकारितामा संलग्न एक पत्रकारहरुलाई यो पुरस्कार प्रदान गरिने पनि प्रियले बताए ।