तिजको गित उधारो युटुब ट्रेन्डिड.मा उकालो चढ्दै

बिरेन्द्र ओली ,काठमान्डौ ।  नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो ।जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ । तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो, भन्ने कुरा सोर्ता अनि दर्सकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अदुरो र अपुरो रहन्छौ ।

 

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ । दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ । भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन । कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ । चर्चित कलाकार देखि लिएर नाबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

 

धेरै दर्सक अनि श्रोताहरुको लागि यो सालको तीजमा पनि यहाहरुको मनको डुकढुकि मेटाउन सफल तरेली संगीत कुन्जले हरि डिसी र दुर्गा केसीको नया तीज गीत उधारो बजारमा लिएको छ । पछिल्लो समय तिजको गितहरु बजारमा आउने क्रम तिब्र छ । यसै बिचमा गायक हरि डि.सि,उषा मगर र बिरेन्द्र खड्काको स्वरमा रहेको गित उधारो बजारमा सार्बजनिक भयको छ। गरिबी ले तिजमा पार्ने समस्यालाइ आधारित गरि गित तयार पारियको छ। बिरेन्द्र खड्काको लय मा तयार पारियको गितको सब्द दुर्गा के.सि ले लेख्नु भयको छ ।

 

गित युटुबको ट्रेन्डिङ नम्बर ४७ मा परि सकेको छ। हास्य टेलि शृङ्खला मेरि बास्सैकि कलाकार अनिता बस्नेत र गायक हरि डि.सिको अभिनय रहेको गितको निर्देशन रेशम सापकोटाले गर्नु भयको छ भने भिडियोको छायांकन राहुल राई र सम्पादन रोशन धितालले गरेका छन।