सन्तोष सेनको “मामु”मा यस्ता देखिए छोरा

आगामी भाद्र १५ गते दखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र मेरी मामुको फस्ट लुक सार्वजिक गरिएको छ । सन्तोष सेनको ब्यानर आसुसेन फिल्मसको चौथो प्रस्तुती मेरी मामु मा निर्माता सेनका छ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहेका छन् । छायानंकनमा जानु अघिनै चर्चा बटुलेको चलचित्र मेरी मामु को फस्ट लुकमा मुख्य अभिनेता सेन पुत्र आयुवलाई नै फिचर गरिएको छ । फस्टलुक पोस्टरमा उनी निकै संकट र संघर्षमा रहेको भाव आउछ ।

आमा र छोराको संवन्ध बोकेको कथा मेरी मामु मा आयुवका अलवा प्रेम गीत २ नयिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार नव नायिका कुसुम गुरुङ् र दुर्गा मल्लको समेत अभिनय रहने जानकारी निमार्ण पक्षले यस अघि नै गराइ सकेको छ । चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गरका छन् भने पुरोशत्तम प्रधानले खिचेका छन् ।