मन्त्रिपरिषद् निर्णयले जानी भो बोर्ड अध्यक्ष निकिताको पनि जागिर

बुधबार बसेको मन्त्रिपरिषद बैठकले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा नेतृत्वको सरकारले अन्धाधुन्ध राजनीतिक नियुक्ति गरेको थियो । जसमा चर्चाको बिषय चलचित्र बिकास बोर्ड पनि परेको थियो ।

कामचलाउ बेलमा देउवा सरकाले नियुक्त गरेका सबै नियुक्तीहरु खारेज हुने भएपछी फेरी चलचित्र बिकास बार्डमा भाबी अध्यक्षका लागी मोलमलाउ शुरु भएको चर्चा छ । यो संगै शुरु भएको बक्स अफिस काउन्ट डाउन के हुने हो ? भन्ने शंका उपशंकाहरु पनि उब्जन थालेको छ ।

भदौ १४ पछिका सबै राजनीतिक नियुक्ति बदर हुने जनाईएको छ ।