आफु भन्दा दस वर्ष कान्छा अमेरिकी गायकसँग प्रियंका चोपडाको अफेयर

पछिल्लो समय हलिउडमा चर्चा बटुलिरहेकी भारतीय अभिनेत्री प्रियंका चोपडा आफूभन्दा दसवर्ष कान्छा अमेरिकी गायक निक जोनससँग अफेयरमा रहेको कुरा रंगिन दुनियामा छताछुल्ल भईसकेको छ । यि दुईको गसिप हलिउड मिडियमा राम्रै बिक्न थालेको छ ।

अमेरिकी मेमोरियल डे सप्ताहन्त यी दुई पहिलोपटक सँगै सार्वजनिक कार्यक्रममा देखिएका थिए । ३५ वर्षिय चोपडा र २५ वर्षका निकबीचको यो रोमान्सलार्ई लिएर हलिउड समेत अचम्मित छ । मेमोरियल डेपछि यी दुई बल गेम हेर्न रंगशाला पुगेका थिए । फ्यानहरुले यी दुईबीचको भिडियो इन्स्टाग्राममा पोस्ट गरिसकेका छन् । हलिउड लाइफले त यी दुईबीच शारिरीक सम्पर्क समेत भएको यौन जीवन सुखदायी रहेको लेखेको छ ।