“बनफुल”

रचनाकार रमेश बिजीको शब्द र शुरेस अधिकारीको संगित रहेको “बनफुल” नामक नयाँ आधुनिक गितको भिडियो सार्बजनिक भएको छ । गायिका दुर्गा परियारको अवाजमा स्वरबद्ध गितको भिडियोलाई अनुपा श्रेष्ठले निर्देशन गरेकि छिन् । गितको भिडियोमा ईमेज च्यानलमा कार्यरत भिजे द्वय शिवानी भट्टराई र मिलन श्रेष्ठलाई प्रमुख भुमिकामा देख्न सकिन्छ । भिजे शिवानीको यो पहिलो म्युजिक भिडयो हो भने मिलनले यसअघी पनि अभिनय गर्नुका साथै भिडियो निर्देशन समेत गरि सकेका छन् । भिडियोमा मिलन र शिवानीसँगै सुशील राजोपाध्याय ,युगज्योति र प्रिन्स श्रेष्ठलाई पनि प्रमुख भुमिकामा देख्न सकिन्छ । नेपालको प्रहिलो महिला निर्देशक अनुपा श्रेष्ठले कर्णप्रिय गितको भिडियोलाई उत्कृष्ट बनाउन सम्पुर्ण टिमले नै निकै मिहेनत गरेका कारण दर्शकबाट राम्रो प्रतिक्रिया पाउने आशा ब्यक्त गरेकि छिन् ।