हेर यी आ“खामा सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचारवाचक तथा लोकप्रिय गायक महेन्द्र रायमाझी आफ्नो नया“ गीत ‘हेर यी आ“खामा’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो ।

यूवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा स्माइलले संगीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।

भिडियो