फिल्म भैरेको ट्रेलर सार्वजनिक

फिल्म भैरेको ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले ट्रेलर सार्वजनिक हो। करिब ३ मिनेट १७ सेकेन्ड फिल्म ट्रेलरमा फिल्मका दयाहाङ राई, वर्षा सिवाकोटी, सुरक्षा पन्त, बुद्धि तामाङ, विक्रान्त बस्नेत लगाएत कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई सुर्य बोहोराले निर्देशन गरेका हुन भने फिल्ममा प्रेम प्रसाद पौडेल र देवी माया अधिकारीको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले छायांकन रहेको फिल्ममा निर्देशक बोहराले कथा रहेको छ । भने फिल्ममा गायक यम बराल संगीतकार एवंम सहनिर्माताको रुपमा रहेको छन। फिल्ममा अभिनेता दयाहाङ राई, सुरक्षा पन्त, बर्षा सिवाकोटी,बुद्धि तामाङ, विक्रान्त बस्नेतका अलवा जान्वी बोहोरा, अर्जुन गुरुङ्, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्म साउन ४ गतेबाट देश ब्यापी रूपमा प्रर्द्शनमा आउदैछ ।