एकै चोटी १० सिनेमको घोषणा, काम गर्ला र यो फर्मुलाले ? चेपुवामा प्रशान्त

शुक्रबार राजधानिको होटल अन्नपूर्णमा भव्य कार्यक्रम आयोजना गर्दै चलचित्र ‘कस्मिक लभ’को औपचारिक घोषणा भएको छ। अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकै साथ पर्दामा सोहि चलचित्रबाट देखा पर्दैछन।

चलचित्रमा यी तिन कलाकारहरुका साथमा रबिन तामांग, राजाराम पौडेल, पूर्ण थापा, देव महर्जन, सगर खनाल लगायतका कलाकारहरु फाईनल भएका छन। भी मेकर्सको ब्यानरमा जे. गौतमको निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रलाई शंखर अधिकारी र बी.एस. बलामीले निर्देशन गर्दैछन, भने कार्यकारी निर्माताको रुपमा डी. एन. दाहाल रहेकने छन ।

यहि असारको ११ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन।चलचित्रमा शेखर ज्ञावालीको कथा, बाबु साहेबको द्वन्द्व, बाबुल गिरीको संगीत रहने छ।

स्क्याण्डलकी यथार्थ ?

पुराना निर्माता सुरज प्रधानको पछिल्लो समय नेपाली चलचित्रको उपस्थितीलाई हेर्नेहो भने निकै हल्का निर्माताको रुपमा पाईन्छ । हिजो धेरै अब्बल चलचित्रहरु निर्माण गरेर सफल निर्माताको रुपमा चिनिएका सुरज पछिल्लो समय ट्रेन चेन्ज गर्ने भनएिका त्यस्ता चलचित्रको पछि लाग्दा झण्डै दोश्रो श्रेणीमा राखिन थालिईसकेको थियो ।

 

रंगिन दुनियामा गाँसिईसकेपछी एउटा कलाकारले मात्रै होईन निर्माताले पनि आफ्नो अस्तित्व र लेभलमा बसेर काम गर्न सक्नु पर्दछ , अन्यथा व्यवसायिक रुपमा सफल भएता पनि कुन श्रेणीको निर्माता भनेर कसैले औल्याईरहन पर्दैन दर्शक आफैले छुट्याईदिन्छन् । हो सस्तो लोकप्रियता र पैसाको पछाडी दगुर्दा सुरज प्रधानको हविगत पनि त्यस्तै हुन लागेको थियो । तर आज ‘कस्मिक लभ’ सम्म आईपुग्दा केहि आशा गर्न सकिन्थ्यो तर जव सरप्राईज भन्दै १० सिनेमाको घोषणा गर्दै केहि कलाकारलाई अनुबन्धित पनि गरियो फेरी सुरजको यो बानी नहटेको प्रष्टै देखियो ।

 

१० ओटा चलचित्र निर्माण भए त राम्रै हो तर , तर निर्माण नभए उनी मात्रै होईन प्रशान्त पनि राम्रै गसिप बन्नेछन् । यसरी गरिएको चिप पब्लिसिटीले सुरजलाई उन्नती तिर होईन अधोन्नती तिर लाने बिश्लेषण हुन थालेको छ । र प्रशान्त पनि कतै यस्तो पब्लिसिटी भित्र नजानिदो पाराबाट जालो भित्र रुमलिएका त होईनन् ? अर्को पक्षको यस्तो पनि तर्क छ ।