रोमियो एण्डमुना भेडेटार घुम्नजाँदै(भिडियो)

फिल्म रोमियो एण्ड मुनाको अर्को गीत सार्वजनिक गरिएको छ । भेडेटार घुमौला बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेकाहुन् ।
भिडियो हेर्नुस् –

यस अघि रोमियो एण्ड मुनाका तीन गीत सार्वजनिक भैसकेका छन् । भेडेटार सहित फिल्मको चार गीत दर्शक तथा श्रोता माझ आइसकेका छन् । अझै फिल्ममा समावेश एउटागीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । स्क्रिप्टको डिमान्ड अनुसार नै गीत राखेकाहौं, निर्माता गोपालीको भनाई छ । नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनामा विनय र सृष्टिशिर्ष भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै फिल्ममा सुस्मा कार्की, सुरक्षापन्त, प्रज्ववल सुजल गिरीको अभिनय छ ।

साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको असारको पहिलो साता प्रोमो सार्वजनिक हुनेछ । फिल्म निर्माणमा प्रशन्न गोपाली, राजीश्रेष्ठ, रामशर्मा र कविन शाक्यले निर्माण गरेका छन् । प्रदर्शन मिति नजिकिए सँगै निर्माण युनिट प्रचार प्रसारमा लागि परेको छ ।