श्रावण २५ मा आउने भयो दिनेशको टिनएज

चलचित्र टिनएज श्रावण २५ गते बाट प्रर्दशनमा आउने भएको छ । दिनेश पाख्रिनको निर्देशन रहेको यो चलचित्र ले युवापुस्ताको कथा बोकेको छ । नेपाल अघि जापान र कोरियामा प्रर्दशन हुने चलचित्र टिनएज मा नरेश बिर सिं , प्रतिक्षा खड्का , एन्जीला खड्गी , कृष्ण सिवाकोटि , सरिता राजभण्डारी , सरोज शाह , निर्मल स्याङतान , रेशम फिरिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

दुइ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र टिनएजलाइ निर्देशन गरेका हुन् । चलचित्रका गितमा बिकाश चौधरी र बसन्त सापकोटाको संगित सुन्न सकिने छ भने डा कृष्णहरी बराल , हरी उप्रेती र सबिना केसिको गित रचना रहेको छ । चलचित्रका गितमा दिक्षा पाख्रिन , लिगेश भट्टराई ,सोम लामा , जनक कार्कि र दिपक सिं को कोरियोग्राफि रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को व्यानरमा हेलेन पाख्रिनको प्रस्तुती चलचित्र टिनएज लाइ बिरु मगर , बुद्धिमान स्याङतान , निमाया पाख्रिन र देबिका खड्गीले सयुक्त रुपमा निर्माण गरेका हुन् ।