कस्तो छ गुदी ? पोस्टर छ यस्तो ‘रोमियो एण्ड मुना’

साउन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म रोमियो एण्ड मुनाको मोन्सटर पोस्टर रिलिज गरिएको छ । विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्मको बक्सवाला पछि यो पटक राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरिएको हो ।

आफु भित्रको दमनलाई चिन्नुस् भन्ने ट्याग लाइन सहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । मोन्सटरलाई पनि फिल्ममा एउटा पात्रको रुपमा देख्न सकिनेछ, निर्देशक नरेश कुमार केसी भन्छन्, फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रयोग गरेका छौं । निर्देशक नरेश कुमार केसीकै लेखन रहेको फिल्म रोमियो एण्ड मुनमा विनय र सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । साथमा सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवल सुजल गिरीको पनि अभिनय छ ।

भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको रोमियो एण्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् । डाइङ क्यान्डल बाट प्रशंसा पाएका निर्देशक नरेश कुमार केसीको रोमियो एण्ड मुना दोश्रो निर्देशकिय फिल्म हो ।