डोली निर्माताले हात पारे जुरी अवार्ड

केहि दिन अघिमात्र सम्पन भएको चौथो सुन्धरादेबी म्युजिक अवार्डमा चलचित्र डोलिका निर्माता किरण नेपालीले आधुनिक गितको म्युजिक भिडियो निर्देशन तर्फको जुरी अवार्ड जित्न सफल भएका छन ।

जेठ २६ गते बनेपामा सम्पन्न चौथो सुन्धरादेबी म्युजिक अवार्ड मा चलचित्र बिरंगनाको युनिट समेत पुगेको उक्त माहोलमा नेपालीले जुरी अवार्ड हात पारिरहदा उता बिरंगनाको एक गित बिमोचन गरेर माहोललाई झन रोमान्चक बनाईएको थियो ।

पागल पागल पागल बोलको गितको निर्देशन गरेका नेपाली निर्माता मात्र होईन पछिल्लो समयमा प्रखर कलाकारको रुपमा परिचित हुने दौडमा छन् । किरणले निर्माण गरेको डोली एउटा गित बाहेक सम्पुर्ण छायांकन सकेर यतिबेला अन्य म्यानेजमेन्टमा व्यस्त छ ।