ब्राजिलको सफोर्ट गर्ने प्रमोद खरेल यसपालि अर्जेन्टिनाको समर्थनमा, कारण यस्तो छ..

यहि जेठ ३१ गतेदेखि रसियामा हुने विश्वकप फुटबलले विश्व नै तताएको छ भन्दा फरक पर्दैन । नेपाल पनि विश्वकप फुटबलको तातो हावाबाट अछुतो छैन् ।

नेपालमा यतिखेर विभिन्न क्षेत्रका प्रख्याति कमाएका व्यक्तिहरुले आफुलाई मनपर्ने र सम्भावित टिमलाई खुलेर समर्थन गर्ने उद्घोष गरिरहेका छन् ।

यसै क्रममा लोकप्रिय गायक प्रमोद खरेलको रोजाईमा अर्जे्न्टिना परेको छ भने उनले विकल्पमा ब्राजिललाई राखेका छन् । सधैं ब्राजिलको सपोर्ट गर्ने खरेल यसवर्ष अर्जेन्टिनालाई समर्थन गर्न पुगेका छन् । गायक खरेलले ब्राजिललाई समर्थन गुर्नको भित्रि कारण विख्यात फुटवलर रोडान्डोको फ्यान हुनु हो ।

यस पालि खरेल अर्जेन्टिनाका खेलाडी मेस्सीको समर्थनमा उभिएका छन् । मेस्सीको यो अन्तिम विश्वकप पनि हो । अर्को तर्फ अर्जेन्टिना सम्भावित टिम भएको कारण पनि मेस्सीलाई सपोर्ट गरेका हुन ।